हुम्लामा नुनको अभाव भएपछि हेलिकप्टरबाट ढुवानी

काठमाडौं । हुम्लामा नुनको अभाव हुन थालेपछि हेलिकप्टर मार्फत ढुवानी गरिएको छ।नुनको अभाव हुन नदिन खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएको हो।

गाउँपालिकाको पाँचवटै वडाका नागरिकका लागि साल्ट ट्रेडिङ कर्पोरेसनबाट ढुवानीका लागि अनुदानको नुन बिक्री–वितरण गरिएको हो। सबै वडामा १ हजार १ सय ९७ क्विन्टल नुन ढुवानी गरेर बिक्री गरिएको छ।

गाउँपालिकाको समन्वयमा नुन गाउँपालिकाभरिका सबै वडामा ढुवानी भएर बिक्री गरिएको हो। पहिलो पटक गाउँपालिकावासीले आफ्नै गाउँमा र वडा वडामा सहज रुपमा नुन पाएका छन्।

यसअघि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट गाउँवासीले छुटकारा पाएको अध्यक्ष रावलले जानकारी दिनुभयो।

हुम्लामा आयोडिनयुक्त नुन प्रतिकेजी ९ रुपैयाँ पर्छ। १ हजार ३ क्विन्टल नुन हेलिकप्टरबाट सिमिकोट विमानस्थलमा ढुवानी गरिएको छ।

पैदलमार्गबाट ढुवानी गर्न समस्या देखिएपछि सर्केगार्ड दुल्लीकुनासम्म गाडीमा ल्याइएको नुन त्यहाँबाट हेलिकोप्टरमार्फत ढुवानी भएको हो।