यू-२० नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं ।एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो चरण पार गरी दोस्रो चरणमा प्रवेश गरेको नेपाली टोली स्वदेश फर्किएका छन् ।

नेपाली टोली मंगलबार बिहान स्वदेश फर्किएका हुन् । टोलीलाई एन्फा सदस्य सरिला श्रेष्ठ र एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए।

प्यालेस्टाइनका भएको यू-२० महिला एसियन कप छनोटमा पहिलो चरणको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।

नेपाललु समूहमा घरेलु टोली प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्डलाई समान ६-० ले पराजित गरेको थियो ।

यस समूहमा रहेको यूएईले नाम फिर्ता लिएपछि समूह बी मा तीन टिम मात्र सहभागी थियो।

नेपालसँगै अष्ट्रेलिया, चीन, भियतनाम, म्यानमार, इरान, चाईनिज ताईपेई र लेवनान दोस्रो चरणमा प्रवेश गरेका छन्।

अब यी ८ टिमलाई दोस्रो चरणमा दुई समूहमा विभाजन गरेर खेलाइनेछ । दुवै समूहको उत्कृष्ट २-२ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ। दोस्रो चरणको खेल जुन ३-११ मा हुनेछ।

सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुने एएफसी यू-२० महिला एसियन कपमा आयोजक उज्वेकिस्तानसहित २०१९ मा भएको पछिल्लो संस्करणको विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टिम सीधै छनोट भइसकेका छन्।