सत्ता गठबन्धनको बैठक आज पनि बस्दै,के उपराष्ट्रपतिमा सहमति होला त?

फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दश दलीय गठबन्धनको बैठक बिहीबार पनि बस्ने भएको छ।

शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि सहमति गर्न बसेको गठबन्धनको बालुवाटारमा बुधबार साँझ बसेको बैठक निष्कर्षमा पुग्न सकेन।

बैठक बिहीबार पुनः बस्नेगरी बिनानिष्कर्ष टुंगिएको हो।

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार दुई जना उम्मेदवार रहेका छन्।

जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र जनमत पार्टीकी मतता झा मध्ये कसलाई मतदान गर्ने भन्ने विषयमा सत्ता गठबन्धन विभाजित भएको हो।

नेताहरूले जसपाका यादवलाई साझा उम्मेदवार बनाउन जोड दिए पनि जनमत पार्टीले आफ्नो अडान कायमै राख्दा सहमति जुट्न नसकेको हो।