भारत र नेपालका राष्ट्रपतिबीच फोन वार्ता

काठमाडौं। भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई फोन गरी शुभकामना तथा बधाई दिएकी छन्।

राष्ट्रपति मुर्मुरले शुक्रबार साँझ समकक्षी राष्ट्रपति पौडेललाई फोन गरेकी हुन्।

केरला भ्रमणमा रहेकी मुर्मुरले राष्ट्रपति पौडेललाई फोन गरी बधाई दिँदै नेपाल र भारतबीचको अनुपम र बहुआयामिक सम्बन्ध रहेको चर्चा गरेको बताइएको छ।

उनीहरूले द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र दुई देशका जनताबीचको मित्रताको बलियो बन्धनलाई थप सुदृढ गर्ने उपायहरूबारे पनि छलफल गरेका छन्।