राहदानी ‘दुरुपयोग’मा लामिछानेमाथि मुद्दा नचल्ने

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गरेको महान्याधिवक्ता कार्यालयले जनाएको छ।

राहदानी दुरुपयोगमा लामिछानेलाई मुद्दा चलाउन “आधार र प्रमाण” नपुग्ने भन्दै महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले बताए।

प्रमाण नपुग्ने भएकाले सोमवार महान्यायाधिवक्ताले उक्त निर्णय गरेको र त्यसबारे जानकारी दिन आफूलाई निर्देशन दिएको उनको भनाइ छ।

महान्यायाधिवक्ताको उक्त निर्णयसँगै अब सरकारी निकायहरूले लामिछानेमाथि राहदानी दुरुपयोगका विषयमा मुद्दा चलाउन पाउने छैनन्।

आइतवार लामिछानेले राहदानी दुरुपयोग गरेको सम्बन्धी मुद्दाका फाइलहरू उक्त कार्यालयमा पुगेका खबर आएका थिए।