देशभरका २४३ क्याम्पसको नतिजा सार्वजनिक,कुन विद्यार्थी संगठनले कति जिते ?

काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ। हालसम्म अनेरास्ववियु पहिलो स्थानमा देखिएको छ।

अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो। त्यस्तै अनेरास्ववियुलाई पछ्याउँदै नेविसंघ दोस्रो स्थानमा छ। उसले हालसम्म ७९ कलेजमा निर्वाचन जितेको छ।

त्यस्तै अखिल क्रान्तिकारीले ४७ कलेजमा निर्वाचन जितेको छ। ती बाहेक ११ वटा कलेजमा अनेरास्ववियू, विप्लव समूह लगायतले चुनाव जितेका छन्।

तालाबन्दी भएर हालसम्म ६५ कलेजमा निर्वाचन प्रक्रिया रोकिएको छ भने ४६ क्याम्पसमा प्रक्रिया नै सुरू भएको छैन।

अनेरास्ववियूले ५ वटा कलेजमा निर्वाचन जितेको छ। त्यसतै विप्लव निकट विद्यार्थी संगठनले ४ र जसपा तथा नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनहरूले १र१ कलेजमा निर्वाचन जितेका छन्।

निर्वाचन रोकिएका कलेजहरूमा चैत १२ गते अगावै निर्वाचन गराउन त्रिविले निर्देशन दिइसकेको छ। विशेषगरी रोकिएका आंगिक क्याम्पसहरूमा त्रिविले अनिवार्य रूपमा निर्वाचन गराउन भनेको हो।

ति बाहेकका सम्बन्धन प्राप्त कलेजहरूमा पनि रोकिएको ठाउँमा निर्वाचन गराउन भनिएको छ।