नेपाली फुटबल टोलीको फिफा वरीयतामा एक स्थान सुधार

फाइल तस्वीर

काठमाडौं। फिफा वरीयतामा पुरुषतर्फ नेपाल एक स्थान माथि उक्लिएको छ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार निकालेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १७४औं स्थानमा उक्लिएको हो। यसअघि नेपाल १७५औं स्थानमा थियो।

केही दिनअघि सम्पन्न प्रधानमन्त्री कप थ्री नेसन्स कपको उपाधि जितेपछि नेपालको वरीयता एक स्थान सुधार भएको हो। थ्री नेसन्स कपमा नेपालले लाओसलाई हराएको थियो भने भुटानसँग १-१ को बराबरी खेलेको थियो।

लाओस विरुद्धको फाइनल खेल भने पिफा मिति भन्दा बाहिरको भएकोले औपचारिक मान्यता पाएको थिएन।

पछिल्लो समय नेपाली खेलाडीहरु लगातार विदेशिन क्रम जारी रहँदा नवनियुक्त इटालियन प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नयाँ युवा खेलाडीहरु समावेश गर्दै थ्री नेसन्स कपका लागि टिम तयार पारेका थिए । जसमा चार खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका थिए।

वरीयतामा दक्षिण एसियाली राष्ट्रहरुमा नेपाल भन्दा अघि रहेको भारत १०१औं स्थानमा उक्लेको छ भने माल्दिभ्स १५४औं स्थानमा उक्लेको छ । भुटान १८५औं, बंगलादेश १९२औं, पाकिस्तान १९५औं स्थानमा छ।

गत डिसेम्बरमा विश्वकप फुटबल जितेको अर्जेन्टिना बल्ल वरीयताको शीर्ष स्थानमा उक्लेको छ।