एकैदिन थप ८५ जनामा कोरोना संक्रमण

काठमाडौं।देशभर पछिल्लो २४ घण्टामा थप ८५ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख १६ सय ६८ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३८५ जना रहेका छन ।

मन्त्रालयका अनुसार २७ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८९ हजार २ सय ९० जना रहेको छ।

पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन। त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार २० जना रहेको मन्त्रालयले जनाएको छ।