देशभर थप ५५ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा १ हजार २ सय १६ जनाको नमूना परीक्षण गरिएको थियो।

६७१ जनाको पीसीआर र ५४५ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आइतबार ११ जना संक्रमणमुक्त भएका छन्। हाल ३९६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।