सकियो माधव नेपालको पार्टी: झलनाथ खनाल र रामकुमारी झाँक्रीसहितका यी नेता एमाले जाने अन्तिम तयारीमा

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)मा अध्यक्षपछिको दोस्रो वरियतामा रहेका सम्मानित नेता झलनाथ खनालले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाड्ने तयारी गरेका छन्।

केही दिन अगाडी काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टी छाेडेकाे मुकुन्द न्यौपानेले घोषणा गरेको केही दिन नबिदै अन्य नेताहरू पनि पार्टी छोड्ने अन्तिम तयारीमा लागेका छन्।

२०७७ सालमा एमालेसँग विद्रोह गर्दा माधव नेपाललाई साथ दिएका नेताहरूमा सम्मानित नेता झलनाथट खनाल,रामकुमारी झाँक्री,प्रेम आले र कृष्णकुमार श्रेष्ठलगायतले पार्टी छाड्ने निश्चि भएको छ। पछिल्लो समय नेपालसँग असन्तुष्टि जनाउँदै एमालेसँगै पार्टी एकता गर्नुपर्ने पक्षमा उनिहरू उभिएका थिए।

एमालेसँग पार्टी एकता गर्नुपर्ने लगायतका धारणा सार्वजनिक भइरहेका छन् भने एकीकृत समाजवादीको सचिवालय बैठकले केही दिन अगाडी मात्र नेता न्यौपानेलाइ सात दिने स्पष्टीकरण सोधेको थियो।

तर न्यौपानेले स्पष्टीकरण दिन जरुरी नभएको प्रतिक्रिया दिँदै पत्रकार सम्मेलन गरेर पार्टी छाेडेकाे घाेषणा गरेर केही दिन भित्र अन्य शिर्ष नेताहरू पनि पार्टी छाेड्ने अन्तिम तयारीमा रहेकाे समेत जानकारी गराएका थिए। 

अहिले एकीकृत समाजवादी पार्टी छाड्नेको लहरै लाग्न थालेको छ भने उनिहरू पुन एमालेमा नै फर्किने बताइसकेका छन्।