राष्ट्रपति र प्रधानमन्त्रीलाई मेयर हर्क साम्पाङको श्रमदानका लागि निम्तो

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई निम्ता दिएका छन् ।

केहि दिनअघि काठमाडौँ आएका साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आधिकारिक पत्रसहित श्रमदानका लागि निम्ता दिएका हुन्।

धरानमा खानेपानीको समस्या समाधानका लागि चलिरहेको श्रमदान अभियानमा सहभागिताका लागि उनले दुबै जनालाई पत्रमार्फत अनुरोध गरेका छन् ।

दशकौँ पहिलेदेखि खानेपानीको समस्या भोग्दै आएको यथार्थ अनुरोध गर्दै हाल खानेपानीको समस्या र आपूर्तिको अवस्था र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकन र सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछु’, उनले पत्रमा भनेका छन्।

पत्रमार्फत उनले धरानको विकासका साथै र संक्षिप्त चिनारी पनि गराएका छन्।