१ करोड २५ लाख बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं। १ करोड २५ लाख बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका स्थायी ठेगाना भई हाल काठमाडौँको महांकाल बस्ने वर्ष ३९ का बिकाश तामाङ रहेका छन्।

कारसाङ घिसिङको जाहेरीले उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको थियो।

अदालतबाट फागुन २६ गते पक्राउ पुर्जी जारी भएकामा तामाङलाई नयाँबानेश्वर बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ।