प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा राष्ट्रिय सभाबाट सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ।

यसैगरी सभामुखले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीसमेत छ।

यसैगरी पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पनि पारित हुने छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य एवं वि.सं. २०१५ को आम निर्वाचनमा धनकुटाबाट निर्वाचित भएका तुम्बाहाम्फेको गत शुक्रबार निधन भएको थियो।