सांसदहरुलाई मेयर हर्क साम्पाङले दिए यस्तो चेतावनी,बालेनले गरे समर्थन

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले भनेका छन्, यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु!

राईको यो अभिव्यक्तिमा काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन्। राईको स्ट्याटसमा शाहले लेखेका छन्- पूर्ण समर्थन,गर्ने नै यही हो।