खनाल,महरा र प्रकाण्डबीच आकस्मिक भेटवार्ता,यस्तो भयो सहमति

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकान्ड’ बीच भेटवार्ता भएको छ।

आइतबार खनाल निवास डल्लुमा दुई नेताबीच भेटवार्ता भएको हो।भेटवार्तामा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ।

यस्तै प्रकाण्डले नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महारासँग पनि भेटवार्ता गरेका छन्। महरा र प्रकाण्डबीच माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भेटवार्ता भएको थियो।

यी तीन नेताबीच समाजवादी धारकाे कम्युनिस्ट पार्टी निर्माण गर्न छरिएर रहेका पार्टीहरूलाइ एकताबद्ध गरेर अगाडी बढ्ने विषयमा सहमति भएकाे छ।