काँग्रेस नेतृत्वको सरकार बन्ने पक्का,देउवा र ओलीले गरे प्रचण्ड नेतृत्वको सरकार ढाल्ने यस्तो संकेत

काठमाडौं।नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सठबन्धन फुटाउने अन्तिम अन्तिम प्रयत्न गरि रहेका छन्।

सभामुख देबराज घिमिरेलाइ परिचालन गरेर अध्यक्ष ओलीले सभापति एवम् पूर्वप्रधानमन्त्री देउवालाइ भट्ने अवसर जुराएका छन्।

केही दिन अगाडी मात्र शेरबहादुर देउवाले एउटा कार्यक्रमलाइ सम्बोधन गर्ने कम्रमा अब छिटै नेपाली काँग्रसको नेतृत्वमा सरकार बन्ने बताएका थिए।

त्यही मौका हेरि रहेका ओलीले अहिले देउवासँग हिमचिम बढाउने प्रयत्न गरिरहेका छन्। काँग्रेसका नेताहरूले पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि काम गर्न सजिलो हुने बताएका छन्।

अहिले आफ्नो पार्टीको नेतृत्वमा सरकार नएका कारण जनताको पक्षमा काम गर्न नपाएको काँग्रेसका महामन्त्री गगन थापाले एक कार्यक्रममा बताएका थिए।

अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचेअनुसार काम गर्न नसकेको भन्दै उहाँले नयाँ सरकार बन्ने संकेत गर्दै भन्नुभयो,आज हाम्रो पार्टी सरकारमा छ।

सरकारले सोचेअनुरुप काम गर्न सकेको छैन भोली सरकारको नेतृत्व गर्न सक्ने सम्भावना हाम्रो पनि छ।

  अहिले संयुक्त सरकार भएको हुनाले कति कुरामा काम गर्न समस्या हुन्छ। हुन त अहिलेको संविधान अनुसार गठबन्धन अति आवश्यक छ।

गठबन्धन नभई सरकार बन्दै बन्दैन। गठबन्धन सरकारमा हामी सहभागी भएका छौं। त्यसले हाम्रो पार्टीलाई एउटा बल पुर्‍याएको छ उनले भने।