मसाज र स्पाको नाममा फेमेलि हेल्थ स्पा यौनधन्दाको अखडा बन्दै,पत्रकारलाई आर्थिक प्रलोभन,समाचार प्रकाशित गरे नछोड्ने धम्की

अबैध धन्दा चलाउने व्यक्तिले हाम्रो सम्मानित प्रेस काउन्सिलक‍ो समेत गरे अपव्याख्या,समाचारक‍‍‍‍‍ो सुचना दिने व्यक्ति नभेटाए क्षति व्यहोर्नुपर्ने धम्की।

काठमाडौं। मसाज र स्पा सेन्टरको नाममा विभिन्न संचार माध्यमदेखि लिएर सामाजिक सञ्जालमा पनि विज्ञापनको ओइरो लागेको देख्न सक्छौं।

मसाज र स्पाको नाममा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मसाज मात्र नभई यौनधन्दा र यौनजन्य गतिविधि पनि हुने गरेको पाइएको छ।

यस्तो अश्लिल क्रियाकलाप हुने गरेको सुइँको पाएको प्रहरीले बेलाबेलामा छापा नमार्ने पनि होइन, तर पनि यो धन्दा रोकिएको छैन।प्रहरी पनि मसाज सेन्टरमा हुने अनैतिक क्रियाकलापबारे राम्रोसँग जानकार छ।

महानगरिय प्रहरी वृत्त वौद्धका डिएसपी हरिबहादुर बस्नेतलाई बौद्ध, जोरपाटी क्षेत्रमा अनैतिक क्रियाकलाप गरेर मसाज र स्पा सेन्टर संञ्चालन गरिएको छ भन्ने जिज्ञासामा उनले भने, ‘यो विषय मेरो दायरा भित्र नपर्ने भन्दै काठमाडौं जिल्ला परिसरको प्रवक्ताले सबै जानकारी दिने भन्दै अनविज्ञता देखाए।

महानगरीय प्रहरी वृत्त वौद्धको एरिया भित्रै पर्ने जोरपाटी क्षेत्रमा शान्ति सुरक्षाको जिम्मा लिएका डिएसपी बस्नेतले अनविज्ञता जनाउनु र आफु पन्छिन खोज्नुले उनको मिलेमोतोमा मसाज र स्पा सेन्टरहरूमा अवैध धन्दाहरू संचालन भइरहेको स्पष्ट बुझ्न सकिन्छ।

बौद्ध प्रहरीले महिनावारी रुपमा नजरना उठाउने, हप्तावारी उठाउने गरेका कारण प्रहरी पन्छिन खोजेको स्रोतको दाबी छ। त्यसैले प्रहरीलाई स्पा सेन्टरमा तपाँइहरूको मिलेमतो भएको भन्ने चर्चा छ नि भन्ने प्रश्नमा डीएसपी बस्नेतले भने, ‘मलाइ थाहा छैन भनेर मात्र पन्छिरहे।

संवाददाताले तपाँइलाई थाहा नभए कसलाई थाहा हुन्छ रु भनी प्रतिप्रश्न गर्दा उनले फेरि उही शब्द दोहोर्याए। मिलेमतोमा काठमाडौंको बौदमा मसाज र स्पा सेन्टरमा अवैध यौनजन्य गतिविधि भइरहेका छन् र उनले आर्थिक लाभ लिएको स्पष्ट देखिन्छ।

बस्नेत सिंहदरबार बृत्तमा रहँदा पनि विभिन्न किसिमका कमाउ धन्दामा लागेको आरोप समेत लाग्दै आएका विवादित पृष्ठभूमी भएका प्रहरी अधिकृतका रुपमा परिचित छन्।

त्यसैले डिएसपी बस्नेतसँग शान्ति सुरक्षको अपेक्षा गर्नुपर्ने अवस्था नरहेको र उनि शान्ति सुरक्षाभन्दा बढी कमाउ धन्दामा सक्रिय हुने प्रहरी अधिकारी भित्र पर्ने प्रहरी संगठनभित्र चर्चा चल्ने गरेको छ।

हाम्रा संवाददाताहरुको अनुसन्धान अनु्सार मसाज र स्पामा तेलमालिस त बहाना मात्र पो रहेछ, मसाजकर्ताको ध्येय अर्कैतिर हुन्छ । त्यो हो, ‘ह्याप्पी इन्डिङ’ अर्थात् मसाज र स्पा सेन्टरमा हुने स्खलन।

ग्राहकलाई जतिसुकै अनुशासनमा राख्न खोजे पनि ग्राहकको मागका कारण मसाज र स्पामा हिजोआज ‘ह्याप्पी इन्डिङ’को चलन बढ्दो छ।

उपत्यकाका विभिन्न मसाज सेन्टर र स्पा चहारेर तयार पारेको एक महिना लामो रिपोर्टिङमा जे देखेका छौं त्यो आज हामी लेख्न बाध्य भएका छौं।
मसाज केन्द्र प्रवेश गर्दा थकित मुद्रामा छिरेको एउटा पुरुष फर्कंदा ‘फ्रेस’ मात्र भइरहेको हुँदैन, उसको मुहारमा बेग्लै चमक पनि छाइरहेको देख्न सकिन्छ । काठमाडौमा रहेका मसाज सेन्टर र स्पामा दिनहुँ हुने गतिबिधि हो यो।

यो तेल मालिसमा के त्यस्तो जादु हुन्छ र यसले दिनहुँ ग्राहक लोभ्याइरहेको हुन्छ ?के कारणले ग्राहकको अनुहार दिप्त हुन्छ ?भन्ने मान्छेमा विभिन्न किसिमका जिज्ञासा आउनु स्वभाविक हो।

मसाज र स्पाको आवरणमा त्यहाँ अश्लील क्रियाकलाप भएको स्पष्ट थाहा भएको छ । तेल मालिस त बहाना मात्रै रहेछ । त्यहाँ पाइने ‘अरुखाले’ सेवाले मात्र ग्राहक पल्काइरहेको छ।

के हो त्यस्तो सेवा भन्ने सबैमा उत्सुकता हुने नै भयो, त्यो ह्याप्पी इन्डिङ त हो नि, छानीछानी मसाज सेन्टर र स्पा धाउने एक जना ग्राहकले भने, अहिले स्ट्यान्डर्ड भनिएका स्पामा पनि अश्लील क्रियाकलाप हुने गरेको ती ग्राहकले हामीलाई हाँस्दै बताए।

उनले भने माथिदेखि तलसम्म पुरै मसाज गर्ने गरेका छन् । लास्टमा हस्तमैथुन गरेर ग्राहकलाई ह्याप्पी बनाइ दिन्छन्।

त्यसकै मज्जा लिन यहाँ मान्छेहरुको भिड लाग्ने गरेको ती ग्राहक बताउँछन्। कहिलेकाँही त रमाइलो पनि गर्नुपर्छ नि होइन र रु हामीले तपाई महिनामा कति पटक आउनु हुन्छ भने प्रश्नमा उनले भने हप्तामा एकपटक।

पछिल्लो समय मसाज र स्पा धाउने ग्राहकमाझ चल्तीको गोप्य भाषा हो– ह्याप्पी इन्डिङ । कसैले छापा मार्ला भन्ने डर पनि भएन मज्जा पनि हुने भयो।
काठमाडौंको जोरपार्टीस्थित ग्रिनसाइन स्पामा भेटिएका युवाले भने, त्यसैले कहिलेकाहीँ साथीभाइ मिलेर ‘ह्याप्पी इन्डिङ’ गर्न यतातिर आइन्छ कहिले काँही त रमालो पनि गर्नु प¥र्यो नि होइन र।

त्यस्तै अर्को फेमेली हेल्थ स्पामा जाँदा पनि एक जना नियमित ग्राहकले भने म पनि मसाज गर्न धेरै पटक आइसके अहिले त मलाई हप्तामा एकपटक अनिवार्य आउनै पर्ने लत नै बसिसकेको छ।

उनले थपे जिन्दगी भनेको रमाइलो गर्दै बिताउने हो किन एक बारको जुनीमा रमाइलो नगर्ने त्यसैले अहिले नियमित आउने गरेको छु।

मसाज र स्पा सेन्टरतिर पछिल्लो समय पुरुषको गोप्य अंगमा पनि मसाज गरिदिने प्रचलन बढेको छ।

यो त मसाजको पार्ट नै भइसक्यो, उनले भने १२ सय रुपैयाँमा मसाज पनि हुन्छ ह्याप्पी इन्डिङ पनि हुन्छ त्यस्तो भएपछि किन नआउने त रु फेमिली हेल्थका संचालकले स्पा सेन्टर नजिकै मेडिकल हल पनि संचालन गरेका छन्।

सो मेडिकल हलबाट स्पामा चाहिने यौनजन्य सामाग्रीदेखि गर्भनिराधात्मक औषधीहरु खपत गराउने गरेको स्रोतले दाबी गरेको छ। यतिमात्र नभई फेमिली हेल्थ स्पाका एक नियमित ग्राहकले भने दैनिक दर्जनौं कण्डमदेखि गर्भनिरोधात्मक औषधीका खोलहरु यत्रतत्र छरिएको स्पष्ट देखिन्छ।

हामी एक नियमित ग्राहकको सहयोगमा उनीसँगै जोरपाटीमा संचालित फेमेली हेल्थ स्पा’ भित्र पुगियो। प्रवेश गर्न नपाउँदै चार–पाँच जना युवतीको समूहले सामूहिक रुपमा स्वागत गरिहाले, नमस्ते सर नमस्ते भन्दै के सेवा लिनु हुन्छ भनेर अफर सुरू गरिसकेका थिए।

पानी पिउने हो सर रु स्वागतको सिलसिला थप अघि बढ्यो। पानी पिइसकेपछि सदाझैँ ती ग्राहकले एक घण्टा मसाज गर्ने निर्णय गरे । युवतीसहित भित्र पर्दाले छोपिएको कोठामा पुगे।

बाहिर अन्य युवतीहरु विभिन्न कुरा गरिरहेका थिए। झण्डै दर्जनभन्दा माथि रहेका किशोरीहरुसँग छानी छानी ह्यापी इन्डिङ्ग गर्न पाइन्छ भनेर मुस्कुराउदै युवादेखि लिएर अधवैंशेसम्मका ग्राहकहरुलाई सन्तुष्टि दिने काम फेमेली हेल्थ स्पाले गरिरहेको ग्राहकहरुको भनाई रहेको छ।

करिब एक घण्टाको मसाजपछि आएका ग्राहक मुस्कुराउँदै बाहिरिए । फेरि युवतीहरुले पानी अफर गरे । उनले पिए । कस्तो भयो त मसाज?

‘बबाल नि रु ह्याप्पी इन्डिङ नहुने कुरै थिएन ।मन्द मुस्कानसहित उनी बोले । त्यहाँ उनले एक घण्टाको बडी मसाजको १२ सय रुपैयाँ तिरेछन् जसभित्र ‘ह्याप्पी इन्डिङ’ पनि प¥यो । भित्र थप एक सय रुपैयाँ टिप्स पनि दिए, उनले सुनाए।

हामीले एक महिनाभित्र ठमेल, दरबारमार्ग, लाजिम्पाट, चाबहिल, चुच्चेपाटी, बौद्ध, जोरपाटीलगायत विभिन्न स्थानमा खोलिएका मसाज र स्पा सेन्टरमा पुग्दा थाहा भयो– नेपालीहरुमा ‘ह्याप्पी इन्डिङ’ गर्न मसाज धाउने ट्रेन्ड बढेको रहेछ।

मसाज सेन्टरको आवरणमा यौन व्यवसाय चलाइरहेको खबर पहिले–पहिले पनि धेरै आएका थिए तर अहिले हामीले प्रत्यक्ष निहाल्ने र समाचार लेख्ने अवसर पायौं।
 ब्यानरमा प्रस्ट लेखिएको हुन्छ– मसाज सेन्टर अथवा स्पा, हामी जोरपाटीका केही मसाज वा स्पा सेन्टरमा पुग्दा भित्र सिधै ‘सेक्स डिल’ हुने गरेको पाइएको छ।

काउन्टरमा रहेकी महिलाले भनिन् एकछिन पछि आउनुस् ल । हामीले कतिखेर आउने के–के छ त सर्भिस रु भन्ने प्रश्नमा उनले सिधा जवाफ दिइन्, सबथोक हुन्छ, बस्ने हो भने थप हजार रुपैयाँ बढी दिनुपर्छ। हामी त्यसो भए एकछिन् पछि आउने सर्तमा बाहिर निस्कियौं।

त्यसपछि हामी अर्को स्पामा गयौं। त्यहाँ चार युवतीहरु देखिन्थे । त्यहाँ रहेकी एक युवतीले मसाज गरेको मूल्य सोध्दा सुरुमा १५ सय भनिन् । पछि १२ सय रुपैयाँमा तयार भइन् ।

मसाजमात्रै त के गर्नु र? घुमाउरो प्रश्नमा ती युवतीले सिधा जवाफ दिइन्, थप मज्जा लिनलाई पैसा थप्नुप¥यो नि रु त्यत्तिकै कहाँ रमाइलो हुन्छ ? अन्त्यमा ती युवती १५ सय रुपैयाँमा मसाज र रमाइलो दुवै गर्न तयार भइन् । त्यसपछि हामी एकछिन पछि आउने सर्तमा बिदा भयौंँ।

त्यसपछि हामी अर्को स्पामा गयौ के छ सेवाहरू भनेर प्रश्न गर्दा त्यहाँ पनि १५ सयमा एक घण्टा र ८ सयमा आधा घण्टा मसाज हुने बताइन्। अरु के–के सर्भिस छ त ? भन्ने प्रश्नमा ती महिलाको जवाफ कूटनीतिक थियो, मसाजको पैसा तिरेर भित्र जानुस्।

अरु सर्भिसको कुरा भित्रै गर्नुस् न ? मन मिल्ने कुरा न हो । उनको जवाफको आशय बुझ्न गाह्रो थिएन । त्यसपछि हामी एकछिनमा आउने सर्तमा त्यताबाट पनि बिदा भयौं।

हामीले स्थलगत रिपोर्टिङका क्रममा चाबहिल, बौद्ध र जोरपाटीका यी स्पा– ग्रिन साइन स्पा,फेमेली हेल्थ स्पा,युनिक हेल्थ स्पा,साकुरा स्पा र एभरेष्ट हेल्थ स्पालगायतमा पनि ह्याप्पी इन्डिङ हुने गरेको पाइयो।

केही स्तरीय स्पाबाहेक प्रायःमा ह्याप्पी इन्डिङ हुन्छ, मसाज र स्पाका नियमित ग्राहक रहेका एक जनाले ठोकुवा गरेर भने, यति नभइ त मसाज र स्पा सेन्टर चल्छ पनि कसरी ? जिउ मालिस गर्नलाई मात्र त को त्यहाँ जान्छ र रु रमाइलो त हुनै प¥यो नि होइन र?

बाध्यताले मसाजसम्म

मसाज सेन्टर र स्पामा काम गर्ने अधिकांश कर्मचारीको आ–आफ्नै बाध्यताहरू रहेछन्। अधिकांश कलेज पढ्ने किशोरीले आफ्नो चाहाना पुरा गर्न र घरको अवस्था कम्जोर भएकाले बाध्यताले यस्तो काम गर्न बाध्य भएको बताउने गरेका छन् भने कसैलाई श्रीमानले छाडेको, आर्थिक अवस्था कमजोरलगायतका कारणले उनीहरुलाई मसाज र स्पा सेन्टरसम्म अश्लील काम गर्न बाध्य बनाउने गरेको रिर्पोटिङका क्रममा खुल्यो।

हामीले ग्राहकको भेषमा काठमाडौं उपत्यकाका विभिन्न भागमा रहेका स्पा सञ्चालकहरूसँग कुरा गर्ने रिपोटिङ गर्ने क्रममा भ्वाइस रेकर्डिङ गरेर उनिहरूसँग कुराकानी गर्ने गरेका थियौं । स्पा र मसाज सेन्टरमा हुने यस्ता अनैतिक काम रोक्न नियमनकारी निकायले चासो दिन जरूरी रहेको देखिन्छ।

यस्तो छ ऐनमा व्यवस्था

मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐन २०६४ मा कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कार्यलाई मानव बेचबिखन तथा ओसार प्रसार गरेको मानिने उल्लेख छ।

ऐनले वेश्या वृत्तिमा लगाउने वा शोषण गने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याइ कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाइ आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने कुनै स्थानमा राख्ने वा नेपालभर एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा विदेश लैजाने वा अरु कसैलाई दिने कार्यलाई निषेध गरेको छ।

कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कसुरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र वेश्यागमन गर्नेलाई एक महिनादेखि ३ महिना कैद र २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि विद्यमान मुख्य कानुनी व्यवस्थाहरु

नेपालको संविधान २०७२ मा मौलिक हक र कर्तव्यको रुपमा र नागरीक सुरक्षा नीतिमा समेत उल्लेख गरेको छ । त्यस्तै मुलुकी अपराध (संहिता) ऐन, २०७४। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र नियमावली २०६५ ।

श्रमजीवि महिलाहरूप्रति डान्स रेस्टुरेन्ट, डान्स बार, मसाज, स्पाजस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)ऐन २०६४ र नियमावली २०६५का मुख्य व्यवस्थाहरुमा दण्ड तथा सजाय सम्बन्धि,क्षतिपूर्ति सम्बन्धि, गोपनीयता सम्बन्धि, पिडितको बयान प्रमाणित गराउने व्यवस्था एवं पीडकलाई पक्राउ गर्न वा खानतलासी लिन सकिने व्यवस्था गरिएको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रमुख समन्वयकारी निकायहरूमा महिला,वालवालिका तथा समाजकल्याण मन्त्रालय,मानव वेचविखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समिति, मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति,मानव वेचविखन तथा ओसारपसार नियन्त्रण कार्यदल–उपसमिति मानव वेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय सयन्त्रहरु सक्रिय छन्।

त्यस्तै मानव बेचबिखन ऐन २०६४ अन्तर्गत (दफा ४)मा अरुलाई वेश्यावृत्तिमा लगाउनेलाई कारबाही गर्ने कुरा उल्लेख छ।

यो केवल राष्ट्रिय दण्ड (संहिता) ऐन, २०१७ को खण्ड ११९ र १२० हो जसले वेश्यावृत्तिको लागि अनुरोध गर्न निषेध गर्दछ।

कुनै व्यक्ति वेश्यावृत्तिमा संलग्न भएमा वा कसैलाई संलग्न गराएमा तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख छ।

यसैबीच ऐनको दफा १२० ले कुनै पनि व्यक्तिले जानीजानी आफ्नो घर, जग्गा वा यातायातका साधन उपलब्ध गराउन नहुने ऐनमा उल्लेख गरेको छ।

 यो समाचार प्रकाशित भएपछि फेमेलि हेल्थ स्पाका साहुजि बताउने आचार्य थरका हेर्दै विभिन्न धन्दामा सामेल रहने मानिस जस्तो देखिने उनको अँखा पुरै राता र अस्वभाविक गतिविधिमा संलग्न जस्ताे देखिन्थ्यो।

पुर्खयौलि घर धादिङ बताउने व्यक्तिले हेल्थ स्पाको नाममा दिनदहाडै ग्राहक लुट्ने र हेल्थ स्पा संञ्चालन को नाममा अबैध धन्दा चलाऊद‌ै आइ रहेको पाइको छ।

हेल्थ स्पाका संञ्चालक अन्दाजी ३२ बर्षका हाल गोठाटार घरबताउने ती व्यक्ति ले आफ्ना काला कर्तुत लुकाउन कहिले महानगरीय प्रहरी वृत्त बौद का बिक्रम भन्ने प्रहरी आफ्नो नातेदार बताउँदै र कहिले मैनाली थरका मकउ मेरो मीत समेत हो भन्दै हिंडेका छन्।

फेमेलि हेल्थ स्पाको काला कर्तुत बारे समाचार प्रकाशित भएपछि बौद्धका डिएसपी हरिबहादुर बस्नेतलाई समेत तनाव भएको स्राेतको दाबी छ। भने मासिक नजरना बुझ्नेहरुको पनि रुवाबासी चलेको छ।

यस्तै अरुको नाममा कम्पनी दर्ता गरि अबैध धन्दा चलाउँदै आएका आफुलाइ डन सम्झने स्पाका नाइकेले मिडियालाई नछाड्ने दिनदहाडै धम्की समेत दिएका छन्। यस विषयमा नेपाल प्रहरी अपराध महाशाखा बानेश्वर र सम्बन्धित निकायकाे ध्यानाकर्षण गराँउद छौं।