पानीका कारण खेल रद्ध:साउदीसँग अंक बाँडेसँगै नेपाल सेमिफाइनलमा

फाइल तस्बिर

काठमाडौं। नेपाल एसीसी प्रिमियर कपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ।

मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडेको हो ।

तीन खेलबाट पाँच अंक पुर्‍याएको नेपाल सेमिफाइनलमा पुगेको हो।

नेपालले तीन खेलबाट ५ अंक जोडेको छ। समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ।

चौथो स्थानको साउदीको पनि २ अंक छ। यो समूहमा कतारले अंक जोड्न सकेको छैन।

नेपालले अन्तिम खेल १४ वैशाखमा कतारसँग खेल्नेछ। यो खेल जितेको अवस्थामा नेपाल समूह विजेता बन्नेछ।

समूहको अन्तिम खेलमा ओमान र साउदी अरवबीच प्रतिस्पर्धा हुनेछ।

सो खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिम बन्नेछ ।

यस्तै कीर्तिपुर मैदानमा प्रतियोगिताको समूह बी अन्तर्गत हङकङ र बहराइनबीचको खेल पनि अहिलेसम्म टस हुन सकेको छैन।