ऐतिहासिक १३४ औं अन्तर्राष्ट्रिय मजदुर दिवसप्रति अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा ऐक्यबद्धता

काठमाडौं।१३४ औं अन्तर्राष्ट्रिय मजदुर दिवसमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्वारा श्रमिकहरूकाे  ऐतिहासिक दिन भएकाे विज्ञप्ति मार्फत जनाउनु भएकाे छ।

आज २०२३ मे १ , १३४ औं अन्तर्राष्ट्रिय मजदुर दिवस ।  आज संसारभरका श्रमिक मजदुरहरुले आफ्नो स्थापनाको १३४ औं अन्तर्राष्ट्रिय मजदुर दिवस धुमधामका साथ मनाउन गइरहेका छन्।

यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पुँजीवादी राज्य व्यवस्थाको चिहान खन्ने शक्तिको रुपमा रहेको आधुनिक श्रमिक मजदुरहरुको यस ऐतिहासिक १३४ औं अन्तर्राष्ट्रिय मजदुर दिवसप्रति ऐक्यबद्धता जाहेर गर्दछ।

साथै यस ऐतिहासिक दिनको अवसर पारेर विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको विश्वभर स्थापित हाम्रो नेतृत्वदायी संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले संसारभर क्रियाशील रहँदै आएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई साम्राज्यवाद विरोधी संयुक्त मोर्चा  गठन गरेर विश्व साम्राज्यवादको विरुद्ध संयुक्त रुपमा लड्नका लागि एकताबध्द भएर अगाडि बड्न हार्दिक अनुरोध गर्दछ। र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले चाल्ने विश्व साम्राज्यवाद विरोधी संयुक्त संघर्षको पक्षमा ऐक्यबद्धता प्रकट गर्ने र त्यसप्रति लेख्ने , बोल्ने र प्रचारप्रसारका साथै अन्य सरसहयोग समेत गर्ने प्रतिबद्धता जाहेर गर्दछ।