टोपबहादुर रायमाझी सम्पर्कमा नभएको एमालेको भनाइ

फाइल फाेटाे

काठमाडौं। केन्द्रीय कमिटीको बैठकका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले रायमाझी सम्पर्कमा नभएको बताएका हुन्।

उहाँ कहाँ हुनुहुन्छ, हामीलाई थाहा छैन। प्रहरीलाई थाहा भए त समातेर ल्याउथ्यो होला,गुरुङले भने,आजको दिनसम्म हामीसँग सम्पर्कमा हुनुहुन्न।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले पूर्वमन्त्री रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार भएका छन्। उनलाई एमालेले निलम्बन गरेको छ।

पार्टीको निर्देशन नमानेकाले निलम्बन गरिएको प्रवक्ता गुरुङले बताए। अनुसन्धानमा सहयोग गर्न प्रहरीमा जान निर्देशन दिएका थियौं। पार्टीको निर्णयपछि पनि प्रहरीमा नजानु भएकाले निलम्बन गरेका हौं,उनले भने।

अहिले प्रहरीको सम्पर्कमा आएर अनुसन्धानमा सघाउनुपर्ने उनको भनाइ छ। अपराधि त भएको होइन नि, आरोप न लागेको हो,गुरुङले भने,हाम्रा आशा छ निलम्बन फुकुवा गर्न पाइयोस्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन अर्बौ रकम लिएको प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन्। यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई बुधबार पक्राउ गरिएको थियो।