सुमेरु ग्रुप अफ अर्गनाइजेशनको नाम र लोगो प्रयोग गरेको बारे ध्यानाकर्षण

काठमाडौं। सुमेरु ग्रुप अफ अर्गनाइजेशन प्रा।लि।को नाम र लोगो प्रयोग गरेको बारे ध्यानाकर्षण सुमेरु ग्रुप अफ अर्गनाइजेशन प्रा.लि.को लोगो र लेटर प्याड प्रयोग गरेको पाइएपछि सुमेरु ग्रुप अफ अर्गनाइजेशन प्रा.लि.का एकल संचालक तथा अध्यक्षसमेत रहनुभएका भरत महर्जनले गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

पाँच वर्ष अगाडि सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ लि.बाट अध्यक्ष पदबाट पूर्णविराम लिई जिम्मेवारबिहीन बन्दै सहकारी संचालनसम्बन्धी सम्पूर्ण अधिकार हालका अध्यक्ष हेमराज दाहालको नेतृत्वमा रहेको संचालक समितिलाई सुम्पी पूर्णरुपमा सहकारीबाट निष्क्रिय रहनुभएको थियो।

तर, पछिल्लो दिनमा सुमेरु नाम जोडेकै भरमा सुमेरु ग्रुप अफ अर्गनाइजेशन प्रा।लि।को लोगो र लेटेरप्याड प्रयोग गरी सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभका उपाध्यक्ष दिलिप डंगोलले निर्देशक भन्दै हस्ताक्षर गरी विभिन्न निर्णयसहितको सूचनाहरु प्रवाह गरेको पाइएपछि सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले गम्भीर ध्यानाकर्षण गराउनुभएको हो।

गैर जिम्मेवारीपना देखाई स्वघोषित आफैले निर्देशक भन्दै सही छाप गरेको पाइएपछि डंगोलको यस्तो क्रियाकलापको कानुनी प्रक्रियामा जाने तयारी रहेको सुमेरु ग्रुपका अध्यक्ष महर्जनले जानकारी गराउनुभएको छ।

सुमेरु ग्रुप अफ अर्गनाइजेशन प्रा.लि. र सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ लिमिटेडबीच कुनै सम्बन्ध नरहेको र सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभले सुमेरु ग्रुपको लोगो र लेटर प्याड प्रयोग गरेको पाइएकोले त्यसको लेबीसहित दावी गर्दै आगामी दिनमा यस्तै लेटरप्याड र लोगो प्रयोग गरेको पाइए कानुनअनुसार कारबाही गर्ने समेत अध्यक्ष महर्जनले जानकारी गराउनुभएको छ।

विगतमा सुमेरु ग्रुप अफ अर्गनाइजेशन प्रा।लि।को लोगो विभिन्न संघसंस्थालाई लेबी लिई प्रयोग गर्न दिइएको तर लेटर प्याड र लोगोको दुरुपयोग भएको पाइएकोले कुनै पनि संस्थाले आजको मितिबाट सुमेरु ग्रुप अफ अर्गनाइजेशन प्रा.लि.को लोगो र लेटरप्याड प्रयोग नगर्न र नगराउन समेत अध्यक्ष महर्जनले अनुरोध गर्नुभएको छ।यदि गरिएको पाइए कानुन अनुसार कारबाही गर्ने पनि जानकारी गराउनुभएको छ।