प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाउने क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य गजुरेलसहित एक दर्जन नेता कार्यकर्ता पक्राउ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाइ कालो झण्डा देखाउने तयारी गरिएका क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल पक्राउ परेका छन्।

त्यस्तै पक्राउ पर्नेमा अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राई,उपाध्यक्ष बिरेन्द्र शाह ,सचिव उषाकिरण आजाद,कार्यालय सदस्य डि.बी. शाही,गोबिन्द बिस्ट,केन्द्रीय सचिवालय सदस्य सपना पुन,युवा जनस्वयमसेवक,नेपालका महासचिव झलक बिक,कोषाध्यक्ष कबिता कार्कीलगायत ११ जना भन्दा बढीलाइ प्रहरीले नियन्त्रण लिएको छ।

प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमण सकेर आज नेपाल फर्किदै छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाइ कालो झण्डा देखाउने उद्देश्यका साथ कार्यक्रम राखेको प्रहरी थाहा पाएपछि सो पार्टीका विद्यार्थी र युवाहरु प्रहरीले नियन्त्रण लिएको हाे।

आन्दोलनकारी विद्यार्थी र युवाहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गेटबाट नियन्त्रणमा लिएर अहिले गौशाला प्रहरी बृत्तमा राखिएको नेता गजुरेलले जानकारी दिए।