प्रतिनिधिसभा बैठक आज पनि बस्दै,यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। विपक्षी राजनीतिक दलले गरेको अवरुद्ध पारेपछि आइतबार स्थगित गरिएको बैठक बिहान ११ बजे संसद् भनव नयाँ बानेश्वरमा बस्न लागेको हो।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका लागि अथमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावमाछि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ।

आजको बैठकमा सभामुखले दुईवटा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजेर १ मिनेटमा बस्ने छ।