सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदै

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले लेग स्पिनर सन्दीप लामिछानेलाई आज दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ।

एक नाबालिग किशोरीमाथि बलात्कार गरेको अभियोगमा मुद्धा खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर लामिछाने प्रशिक्षक मोन्टी देसाईंसँगै दक्षिण अफ्रिका जान लागेका हुन्।

विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउनेछन् भने २९ असारमा तारिख बुझे पछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाइ सुरू गरिने गरी अदालतले व्यवस्था मिलाएको छ।

लामिछानेलाई ‘अपवाद’ का रूपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाबे यात्रा पक्का भएको हो।