यी ९ जिल्लामा दादुरा रोगविरुद्धको खोप अभियान आजबाट सुरु

सांकेतिक तस्वीर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ।

सुनसरी,मोरङ,महोत्तरी,बर्दिया,दाङ,सुर्खेत, कैलाली,कञ्चनपुर,बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइने भएको हो।

स्वास्थ्य सेवा विभागले आजदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जनाएको छ।

देशका विभिन्न जिल्लामा दादुरा महामारी देखिएको र महामारी अन्य जिल्लामा फैलिन सक्ने जोखिम रहेकोले बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप दिइन थालिएको बताइएको छ। यसअघि नेपालमा १३ जिल्लामा दादुरा रुवेला रोगको संक्रमण देखिएको थियो।