कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं। कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीय मनकुमारी शाही रहेका छन्।

ग ३ च ४६१० नम्बरको उक्त गाडी रास्कोट नगरपालिका– २ सेराचौर बसपार्कबाट ब्याक गर्ने क्रममा दुर्घटना भएको हो।

यद्यपि घटनाको अनुसन्धान भइरहेको कालिकोट प्रहरीले जानकारी दिए।यस्तै घटनामा रिताकुमार शाही गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।