एएफसी यू-२० महिला कप: नेपाल आज चीनसँग भिड्दै

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले आज बिहीबार चीनको सामना गर्दैछ ।

म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले बलियो टोली चीनको सामना गर्नेछ। नेपाल र चीनबीचको खेल दिउँसो २:४५ बजे सुरु हुनेछ।

नेपाल आज चीनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० ले पराजित भएको थियो ।

चीन भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा चीनले चाईनिज ताइपेलाई १-० ले हराएको थियो।

छनोटको समूह बी को नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ। चीन ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्नेछ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह बी मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।