आज तरार्ई क्षेत्रमा तातो हावाको जोखिम,पहाडी क्षेत्रमा चट्याङसहित पानी पर्ने सम्भावना

सांकेतिक तस्वीर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागको एकदुई स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका तराइका भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भूभागहरूमा तातो हावा र लू चलिरहेको अवस्था छ।

कोशी प्रदेश लगायत गण्डकी तथा कर्णाली पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन रचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

तसर्थ, अत्याधिक गर्मी तथा मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।