सुरु भयो कृषि बीमा अनुदान रकम भुक्तानी गर्न

काठमाडौं। कृषि बीमाको अनुदान रकम भुक्तानी हुने भएको छ। बुधबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा बसेको बैठकमा हालको लागि ७४ करोड रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको हो।

सरकारले कृषि बिमा अन्र्तगतको ३ अर्ब बढी रकम भुक्तानी नगरेपछि विमा कम्पनीहरुले गत जेठ ७ गतेदेखि कृषि बीमाको सेवा बन्द गरेका थिए।

कृषि विभाग र पशु विभागबाट रुजु भएर आएका बीमालेखहरुको भुक्तानी हुन लागेको हो। जसमा आर्थिक वर्ष २०७८ को चैतसम्मको अनुदान रकम रहेको छ।

दोस्रो चरणका लागि १० दिनभित्र बैठक बसेर आर्थिक वर्ष २०७८/ ७९ असारसम्मको अनुदान रकम वितरण गर्न छलफल भएको उनको भनाइ छ।

बीमा कम्पनीहरुलाई ठुलो रकम भुक्तानी गर्नुपर्ने भएकोले गत वर्षदेखिको चरणबद्ध रुपमा वितरण गर्दै जाने निर्णय भएको मन्त्रालयले जनाएको छ।