विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ : अध्यक्ष राजेन्द्र लिङ्देन

फाइल तस्वीर

काठमाडौं।विद्युतीय सवारीसाधनमा लगाएको कर घटाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माग गरेका छन्। आगामी आर्थिक वर्ष २०८०/ ०८१ को बजेट भएको करको दर माथि विभिन्न किसिमका आलोचना हुँदै आएको छ। जसमा, विद्युतीय सवारीसाधनको कर सर्वाधिक चासोको विषय बन्न पुगेको छ।

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै बिहिबार सांसद राजेन्द्र लिङ्देनले विद्युतीय सवारीसाधनको कर घटाउनुपर्ने बताएका छन्।

सांसद लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने समेतपनि बताएका छन्।

बजेट अनुदान र ऋणमा आधारित रहेको भन्दै यस्तो बजेटले जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न नसक्ने उनले जिकिर गरेका उनले ठूला विद्युत् आयोजना बनाउने जिम्मा विदेशीलाई दिनुभन्दा स्वदेशी लगानीमा निर्माण गर्न सरकारलाई सुझाव पनि दिएका छन्।