प्रतिनिधिसभा बैठक बस्दै, आज पनि बजेटमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ। सङ्घीय संसद भवन बानेश्वरमा बिहान ११: ०० बजे बस्ने बैठकमा बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल जारी रहने छ।

बजेटमाथिको छलफल गत सोमबारबाट सुरू भएको हो।अर्थमन्त्री डा.प्रकाशशरण महतले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल चलिरहेको छ।

त्यस्तै, शुक्रबारको बैठकमा प्रधानमन्त्री दाहालले महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।