सान एडी मेनपावर र रोटरी मेनपावरकाे लापरवाहीका कारण सयौं युवा दुबईमा अलपत्र

काठमाडौं । नेपालमा बेरोजगारहरुको संख्या बढ्दै गइरहेको अवस्थामा विदेश गई रोजगार गर्ने उद्देश्यले म्यानपावर पुगेका युवाहरुलाई म्यानपावर र एजेन्टहरुले उल्टै ठगी गरेको समाचार प्राप्त भएको छ ।
महाराजगंज सल्लाघारीस्थित सान एबी इन्टरनेश्नल प्रा.लि. र बसुन्धरास्थित रोटरी ओभरसिजले झण्डै एक सय पचास जना युवालाई पाँच लाख रुपैयाँका दरले रकम लिई वर्किङ भिसामा दुबई पठाई सम्झौताअनुसार काम नदिई घर न घाटको अवस्थामा पु¥याएको पीडितहरुले गुनासो पोखेका छन् ।
पीडित दुर्गा खत्रीका अनुसार, मोटरसाइकलको लाइसेन्स निकाल्न र भिसाको लागि भन्दै पाँच लाख रुपैयाँ १० जनासँग गत असारमा लिई दुबई पठाएकोमा सम्झौता अनुसार पारिश्रमिक, सेवा सुविधा नपाएको र उल्टै दुबईको कम्पनीमा मेनेजमेन्ट र सेवा शुल्क भनी मासिक १४ सय दिराम (नेपाली ५४ हजार) दुबईको कम्पनीलाई दिनुपर्ने अवस्था आएपछि बस्न खानलाई समेत धौधौ परेपछि बाध्य भएर नेपाल फर्किनु परेको गुनासो पोखेका छन् ।
दुर्गा खत्रीसहित १० जना दुबईमा खान, बस्न र ओटीसमेत गरेर ४ हजार एडी मासिक दिने भनिए पनि सोही अनुसार नभएको र कम्पनीलाई उल्टै सेवा शुल्क बुझाउनुपर्ने अवस्था आएपछि म्यानपावरले सम्झौतामा भनिए अनुसार आम्दानी नभएका कारण दुतावासको सहयोगमा दुर्गा खत्री नेपाल फर्किएका छन् भने उनका भाई सुन्दर खत्रीसहित नौ जना दुबईको राजधानी बर्ड दुबईमा अलपत्र परेको खत्रीले बताएका छन् ।
खत्रीका अनुसार म्यानपावरसँग भएको सम्झौता अनुसार काम नभएको र बस्न र खानलाई समेत समस्यामा परेका झण्डै १ सय ५० जना नेपाली मेनपावरहरुको गैरजिम्मेवारीका कारण अलपत्रमा परेको बताएका छन् । यस विषयमा शान एडी इन्टरनेशनलका संचालक काशीनाथ कोइरालासँग बुझ्ना आफ्नो गल्ती स्वीकार्दै पीडितसँग सबै कुरा मिलिसकेको छ, समाचार नछाप्न भन्दै थिए । तर, यस विषयमा बैदेशिक रोजगार विभाग, बोर्ड, सचिवालयमा सम्पर्क गर्दा बैदेशिक रोजगारीका लागि सम्झौता गर्दा त्यही म्यानपावरबाट श्रम स्वीकृत लिनुपर्ने प्रावधान छ भन्ने जानकारी गराएका थिए । तर, सान एडी इन्टरनेशनलले बैदेशिक रोजगारीका लागि आउने कामदारसँग पाँच लाख रुपैयाँका दरले पैसा असुलेको र श्रम स्वीकृति भने रोटरी इन्टरनेशनल ओभर्सिजबाट श्रम स्वीकृति लिई बिदेश पठाएको पाइएको छ । यसरी विदेश पठाउँदा सयौं युवाहरु अहिले दुबईमा अलपत्र परेका छन् ।