एसईईको नतिजा असारभित्रै आउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम पूरा गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिकाको परीक्षा तथा संपरीक्षणको काम सकिएको र राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्ने केही कामहरु बाँकी रहेको उनले बताए। बोर्डले असारभित्र नतिजा प्रकाशन गर्ने गरी काम तीव्र रुपमा गरिरहेको जनाएको छ।

परीक्षा नियन्त्रक श्रेष्ठले भने ‘परीक्षण तथा संपरीक्षणको काम सकिएको छ। त्यसपछि बोर्डले गर्नुपर्ने काम गरिरहेको छ। असारभित्र नतिजा निकाल्छौं।

बोर्डले गत चैत १७ गतेदेखि एसईई परीक्षा सञ्चालन गरेको थियो। सबै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट करिब ५ लाख विद्यार्थी परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ।

यो वर्षदेखि दुई भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पनि एनजी ल्याएको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था बोर्डले गरेको छ ।