नीरफूल’ फिल्मले भुटानी शरणार्थी प्रकरणको याद दिलायो: नेता भीम रावल

काठमाडौं। सोमबार बेलुका दयाहाङ राई स्टारर ‘नीरफूल’को विशेष शो आयोजना गरियो, जहाँ राजनीतिज्ञदेखि कलाकारसम्म सहभागी भए।

एमाले नेता भीम रावल,अभिनेत्री करिश्मा मानन्धर लगायतले फिल्म हेरे।

नेता रावलले फिल्म हेरेपछि यसले आफूलाई भुटानी शरणार्थी प्रकरणको याद दिलाएको बताए।नीरफूलले एकैचोटी धेरै सन्देश दिएको छ।

हाम्रो देशको प्राकृतिक सुन्दरताको छटालाई अगाडि ल्याएको छ,उनले भने, ‘भूकम्पजस्ता प्राकृतिक विपत्तिको बेलामा जनतालाई सेवा गर्नुपर्ने कतिपय व्यक्ति र निकायले कसरी गलत तरिकाले फाइदा उठाउन खोज्दा रहेछन् भन्ने कुरालाई अघि ल्याएको छ।

यो फिल्म हेर्दा मलाई नक्कली भुटानी शरणार्थी प्रकरणको सम्झना भयो।

वैदेशिक रोजगारीले मुलुकको प्राकृतिक जीवनलाई तहसनहस बनाइरहेको आरोप उनले लगाए।

‘त्यसले परिवारलाई कसरी तहसनहस गरेको छ भन्ने सन्देश यसले दिन्छ,उनले भने,मान्छेले प्राकृतिक विपत्तिको समयमा पनि कसरी नाजायज फाइदा लिन खोज्छन् भन्ने कुरालाई सुन्दर किसिमले प्रस्तुत गरेको छ।