देउराली सहकारीका अध्यक्ष चौलागाईलाई डुबाउने ५० मिटरव्याजीलाई आयोगले ग-याे कारबाहीकाे तयारी

काठमाडौं । ललितपुरको सातदोबाटो स्थित देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईले मिटर व्याजीविरूद्ध मुद्दा दर्ता गराएका छन्।

बैशाख २० गते सरकारले आयोग गठन गरेर अनुचित लेनदेन गर्नेविरूद्ध मिटर व्याज आयोग गठन गरी पीडितहरूलाई मुद्दा दर्ता गर्न जेठ १४ गतेसम्म अन्तिम म्याद दिएको थियो।

सोही अनुसार पीडित अध्यक्ष चौलागाईले काठमाडौं, ललितपुर र भक्तपुर गरि ५० जना मिटर व्याजी विरूद्ध जिल्ला प्रशासन कार्यलयमा सक्कल प्रमाण सहित जेठ १२ गते शुक्रबार उजुरी  दर्ता गराएका थिए।

मुद्दा दर्ता नम्बर ३५ अन्तरगत उनले मुद्दा दर्ता गरेका थिए। उक्त ५० जना मिटर व्याजी मध्य १५ जना मिटर व्याजी सँग ६अर्ब बराबरको सक्कल प्रमाण भेटिएकोले उनिहरूविद्ध कारबाही अगाडि बढाउन मुद्दा दर्ता गरिएको अध्यक्ष चाैलागाईले जानकारी दिए।

अहिले उक्त मिटर व्याजीहरू विभिन्न राजनीतिक दलमा आबद्ध रहेर गुन्डागर्दी गर्दै उच्च पदाधिकारीहरूलाई विचौलिया मार्फत ठूलो धनराशिको आसपासन दिई मुद्दा नचलाउन हारगुहार गरिरहेको अध्यक्ष चाैलागाईले बताए।

यता आयोगले यो विषयमा कोही कसैको कुरा नसुन्ने र सत्य तथ्य छानबिन गरि अपराधीहरूलाई कानुनी कठघरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताएको छ। 

अध्यक्ष चौलागाईको भनाइ अनुसार आफू समस्यामा परेको बेलामा उक्त ब्यक्तिहरूसँग आर्थिक कारोबार गर्दा कारोबार रकम भन्दा सयौं गुणा बढी व्याज असुली गर्ने गरेको उनले बताए।
त्यस्तै घर जग्गा,गाडी,सुनचाँदी हातमा लगाएको घडी सहितका विभिन्न महत्त्वपूर्ण सामाग्री गुन्डा लगाई लुटपाट समेत गरेको उनले बताए।

त्यस्तै गुन्डालाई प्रयोग गरेर आफू र आफ्नो परिवारलाई मार्ने अपहरण गर्ने जस्ता अपराधीक क्रियाकलाप समेत गर्ने धम्की दिने गरेको चौलागाईले बताए।

आफू सँग भएको सबै नगद जिन्सी दिदा पनि विभिन्न बैंकका खाली चेक लिई अपराधीक समूहलाई प्रयोग गरेर उक्त चेकमा मनोमानित रकम भरी आफु माथि मुद्दा चलाएको अध्यक्ष चौलागाईले बताए।

अध्यक्ष चाैलागाईले भने यो कदम चाल्न मलाई बाध्य पारिएको हो।

सरकारले यस्ता अनुचित लेनदेन रोक्न मिटर व्याज आयोग समेत गठन गरेको छ।

हालसम्म देशभरिबाट ५ हजार भन्दाबढी मुद्दा दर्ता भएकोले सरकारले त्यस्ता अपराधी व्यक्तिहरूलाई कारबाही अगाडि बढाइसकेको छ।

यस्ता अपराधीक कार्यमा संकलन जो कोहीलाई सरकारले कारबाही गरेर कानुनी कारबाही गर्न जरुरी रहेको छ।