नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेशसँग भिड्दै

फाइल तस्वीर

काठमाडौं। एसियन गेम्सको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बिहीबार बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दैछ।

यो खेल बंगलादेशको राजधानी ढाकास्थित शहिद सिपाही मोहोमद मुस्तफा कमल रंगशालामा नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुनेछ।

एसियन गेम्सको तयारीस्वरुप बंगलादेशसँग दुईवटा मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली ढाका पुगेको हो। गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानी तथा अनन्त थापाको प्रशिक्षणमा रहेको नेपाली टोली बंगलादेशलाई हराउन बिहीबार पूर्ण सामथ्र्यको साथ मैदानमा उत्रिनेछ।

यसअघि गत सेप्टेम्बरमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ ले हारेको नेपाललाई यसपटक बंगलादेशलाई उसैको मैदानमा स्तब्ध बनाउँदै बदला लिने अवसर जुरेको छ।

नेपाल र बंगलादेशबिचको दोस्रो खेल आगामि आइतबार हुनेछ।