सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं।आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ।

आज छापावल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँ तोकिएको छ।

हिजो छापावल एक लाख ११ हजार ६ सय, एक लाख ११ हजार ५० रुपैयाँमा तेजावी र १४ सय रुपैयाँमा चाँदीको खरिबिक्री भएको थियो।