काठमाडौं महानगरले छात्रवृत्तिका लागि खुलायो आवेदन

काठमाडौं। काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको आवेदन खुलाएको छ।

महानगरपालिका भित्र सञ्चालित विभिन्न कलेजहरुमा छात्रवृत्तिका लागि पठाउने गरी महानगरपालिकाले अनलाईन मार्फत आवेदन मागेको हो।

बिहीबारदेखि साउन १२ गते राति १२ बजेसम्म महानगरको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जीओभी मार्फत अनलाइन आवेदन दिन सकिने महानगरपालिकाले जनाएको छ।

आगामी साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म परीक्षा लिइने पनि महानगरले जनाएको छ।सो परीक्षामा उत्तीर्ण भएपछि मापदण्डभित्र पर्ने विद्यार्थीहरुलाई निजी कलेजहरुमा छात्रवृत्तिका लागि पठाइने छ।