बैंकहरूको बेइमानी: ऋणिहरुलाई सडकमा ल्याउँदै,प्रभु,इन्भेष्टमेण्ट र सिटिजन्स बैंककाे यस्तो छ,धितो बापत राखेको जग्गा पचाउने दाउ

काठमाडौं। ललितपुरको सातदोबाटोस्थित केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईंले आफ्नो विभिन्न व्यावसायमा लगानी गर्नको लागि प्रभु बैक,नेपाल इन्भेष्टमेण्ट बैंक र सिटिजन्स बैंकमा काठमाडौं उपत्यकाको विभिन्न स्थानको जग्गा धितो राखेर ऋण लिएकोमा हाल आएर उक्त जग्गाहरु बैंकले लिलाम गरि खाने कुचेष्टा गरेको बताएका छन्।

चौलागाईं भन्छन: म अध्यक्ष रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थामा विगत गएकाे असारदेखि केही आर्थिक समस्या परेकाले सहकारीका बचतकर्ताहरुको मर्म बुझि सहकारीको समस्या हल गर्न तर्फ आफ्नो ध्यान मोडियो तर बैंकका कार्यकारी प्रमुख (सिईओ)हरुकाे ध्यान भने मौकामा चौका हान्ने दाउले मेराे अर्बौंको जग्गा छोटो माध्यमबाट हत्याउने दाउ तिर माेडिएकाे रहेछन्।

मैले अर्बौं रुपैयाँ बराबरको जग्गा धितो राखी व्यावसायको लागि केही ऋण लिएकोमा धितो बापतको जग्गा पचाउने नियतका साथ बैंकहरुले नाङ्गो नाच प्रदर्शन गर्नथालेका प्रती चौलागाईं आफू दुखित भएको बताँउ छन्।

त्यस्तै उनले भने म विरुद्ध ललितपुरका विभिन्न राजनीतिक दलमा आवद्द गुण्डाहरुले बचतकर्ताहरुलाई भ्रम सृजना गराउनुका साथै मेरा बिरुद्ध लगाईएका भाडाका टट्टुहरु सँग केही संञ्चार माध्यमहरुले राम्रै हुण्डी खाई अनर्गल प्रचार गरि रहेको स्वयं चौलागाईंले आरोप लगाउँदै आईरहेका छन्।

अध्यक्ष चौलागाईंले केही मिडियाहरुले हुण्डीखाएको ठाडो आरोप लगाँउदै मिडिया प्रती आक्रोशित हुँदै भन्छन्,विभिन्न मिडियाले हप्ते नजरना बुझि म र मेरा संस्था विरुद्ध भ्रम सृजना गर्ने समाचार प्रकाशित गर्दै आइहेका समाचार सबै गलत भएकाे बताए।

उनले भने विभिन्न व्यापार व्यावशाय गरी राज्य कोषमा अर्बौ कर र देशमा बेरोजगारहरुको सङ्ख्या ह्वात्तै बढी रहेको अबस्थामा हजारौं बेरोजगार युवाहरुलाई रोजगार दिएँ तर आज खराब नियत भएका देउराली सहकारीका कर्मचारीहरुको कारण यस्तो विषम परिस्थिति सृजना हुन पुग्याे    तर सहजै याे समस्याकाे निराकरण गर्ने प्रतिद्धता जाहेर गर्दछु।

चौलागाईं भन्छन:देशलाई स्वदेशी उत्पादनबाट आत्मनिर्भर बनाउनुका साथै राज्यले थेग्न नसक्ने गरि ह्वात्तै बढेक‍ो बेरोजगारहरुको सङ्ख्यालाई केहि हदसम्म राेजगारी दिएर कम गर्ने उदेश्यले विभिन्न व्यावसाय सञ्चालन गरे मैले जुनजुन व्यावसाय सञ्चालन गरे ती व्यावसायहरुबाट उत्पादित सामाग्रीले एकातिर नेपालि उपभोक्ताहरुले स्वदेशी समान उपभोग गर्न पाए भने अर्को तर्फ रोजगारी सृजना भयो। 

चौलागाईंले यसरी राज्यलाईनै सहयोग पुग्ने गरि व्यावसाय चलाउँदै गर्दा काठमाडौं उपत्यकाको नामि जग्गा धितो राखी केही ऋण लिएका बैंक हरुले दिउँसै नाङ्गो नाच देखाउन थालेको प्रती आक्रोश पोखेका छन्।

उनी भन्छन ,व्यावसाय गर्नको लागि मेरा व्यावसायहरु मध्ये पुजा कुखुरा फर्म रहेको ललितपुरको लेलेमा १२ रोपनी जग्गामा करिब ५ लाख कुखुरा पाल्न सकिने ८ ओटा आधुनिक फार्मसेट निर्माण गरियो उक्त फार्मसेट निर्माणमा करिब ३० करोड खर्च भएको छ भने ३० करोड बराबर हाल उक्त जग्गाको मुल्यांकन हुन्छ। उक्त जग्गाको मुल्य र कुखुरा फार्म सेटको निर्माण खर्च जोड्दा करिब ६० करोड भन्दा माथिनै रकम हुन आउँछ।

उक्त कुखुराफार्म र जग्गाको बैंकले भ्यालुएसन गरि नेपाल सरकारको कृषि सहुलियत कर्जाको सहुलियत ऋण बापत ५ प्रतिशत व्याज लिने बैंकसँग सहमति भएपनि बैंकले अहिले आफ्नै सहमतिलाई धोती लगाउँदै सहुलियत कृषि कर्जाको नाममा करोडौंको जग्गा पचाउने कुचेस्टा गर्दै ऋणको १६ प्रतिशत ब्याज लगाई जग्गा लिलाम गर्ने दुस्साहस गरिरहेको उनले बताएका छन्।

चौलागाईंले गरेका व्यावसायहरुमा लिएका ऋणहरु मध्ये पहिलेको सेन्चुरी बैंक हाल मर्जर भई प्रभु बैंकको रुपमा कारोबार गर्दै आईरहेको छ।

चौलागाईंले उक्त प्रभु बैंकमा ऋण लिने क्रममा धितो बापत काठमाडौंका विभिन्न ठाउँको ८ ओटा घर, काठमाडौंकै किर्तिपुरको ४ रोपनी जग्गा ,ललितपुरको धापाखेलमा रहेको २ रोपनी जग्गा,ललितपुरको सातदोबाटोमा रहेक‍ो ३ रोपनी जग्गा,भक्तपुरको सुर्यविनायकमा रहेको १२ रोपनी जग्गा,भक्तपुरको कमल बिनायकमा रहेको २ रोपनी जग्गा,झापाको दमकमा रहेको ३ बिघा जग्गा लगायत करिब चलन चल्तीको मूल्य अनुसार करिब ५ अर्ब रकम बराबरको धितो जग्गा प्रभु बैंकमा रहेकोमा बैंकका संञ्चालकहरुले उक्त जग्गा लिलाम गरि खाने पचाउने नियतका साथ गिद्देनजर लगाई रहेकाले सहकारीका बचतकर्ताहरुलाई चनाखो हुन चौलागाईंले आग्रह गरेका छन् भने चौलागाईं र बचतकर्ताहरुको छलफल पछि सहकारीका बचतकर्ताहरुले बैङ्कले बेईमान गरे बैंक विरुद्ध आन्दोलन गर्नसमेत तयार रहेको चौलागाईं बताउँ छन्।

यसैगरी चौलागाईंले पहिलेको मेगा बैंक हाल इन्भेस्टमेन्ट बैंक जसमा काठमाडौं किर्तिपुरको २ रोपनी जग्गा,ललितपुर धोविघाटको १० आना जग्गा ,ललितपुर लुभुको १ रोपनी जग्गा र घर समेत, ललितपुर सातदोबाटोको २० आनामा गोदाम समेत रहेको जग्गा,ललितपुर हरिसिद्दीको २० आना जग्गा सहित करिब १ अर्बको मूल्य बराबरको मुल्यांकन हुने जग्गा अर्थात सम्पती इन्भेस्टमेन्ट बैंकमा धितो बापत रहेको जानकारी चौलागाईंले गराएका छन्।

यसैगरी चौलागाईंले धितो बापत दिईएको ललितपुरको लुभुमा रहेको ८ रोपनी जग्गा हाल चलनचल्तीमा करिब ५० करोड रुपैयाँ मुल्यांकन रहेको र उक्त जग्गा माथि समेत माछापुच्छे बैंकका सञ्चालकले कालो नजर लगाई रहेको समेत चौलागाईंको दाबी छ।

चौलागाईं भन्छन् :विगत केही समय पहिले बैंकका सञ्चालकहरु घरघरमा आएर ६.५५ ब्याजमा कर्जा लिन आग्रह गरे तर अहिले १६ प्रतिशत ब्याज सहित पेनाल्टी लिन्छन,उनी भन्छन्,व्यापार व्यावसाय बन्द छ।

सहकारीमा बचतकर्ताहरुले आफूले बचत गरेको रकम फिर्तागर्नको लागि प्रेसर दिईरहेका छन् अरु जस्तो भाग्न सकिन मिटर ब्यजि सँग सहयोग स्वरुप केहि नगद लिएको थिंए तर मिटर व्याजीहरुसँग रकम आज लियो भोलि दुईगुणा लिन्छन् यदि मिटरव्याज सहित दिईएन भने परिवारलाई अपहरण गर्ने,ज्यान मार्नी धम्की समेत दिन थाल्छन।

अझ रोचक कुरा के छ भने मर्जर हुनुभन्दा पहिलाको सेञ्चुरी कमर्सियल बैंक सँग चौलागाईंले रु बीस करोडमा विराटनगरमा सञ्चालित अन्नपूर्ण डिस्टिलरी खरिद गरे पश्चात् चौलागाईंले थप चालिस करोड लगानी गरेका छन् तर प्रभु बैंकका सिइओ शेरचनले चौलागाईंलाई डुबाउने नियतका साथ बीस करोडमा लिलाम गर्न चाहेको बुझिएको छ।

तर बैंकहरुको कुचेष्टाको बाबजुद देउरालीका अध्यक्ष रबिन्द्र चौलागाईं भने आगामी श्रावण महिना भित्र बचतकर्ताहरुको व्याज र आगामी पौष महिना भित्र सावाँ कसरी फिर्ता गर्ने भन्ने चुरो विषयमा लागेकाे अध्यक्ष स्वयं बताँउछन।

साथै चौलागाईंको दाबी छ कि देउराली सहकारी डुबाउने संस्थाकै पुर्व कर्मचारी हुन तिनलाई सहकारी ऐन निएम अनुसार सम्बन्धित निकाएको सहयोगमा कार्बाही गरि छाड्ने बताउ छन्।