आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै भोलि मंगलबार मधेस प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका तराईका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षा को समेत सम्भावना रहेको छ।