महिला विश्वकप फुटबलमा आज ३ खेल हुँदै

काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा आइतबार ३ खेल हुनेछन् ।

समुह ‘ई’ को खेलमा नेदरल्याण्ड्स र पोर्चुगल भिड्दा समुह ‘एफ’ मा फ्रान्स र जमैका तथा समुह ‘जि’ मा स्विडेन र दक्षिण अफ्रिकाबिच खेल हुनेछ ।

यसअघि शनिबारको खेलहरुमा विजयी हुँदै जापान, अमेरिका, इंग्ल्याण्ड र डेनमार्कले महिला विश्वकपमा विजयी सुरुवात गरेका छन्।

शनिबार भएको खेलमा साविक विजेता अमेरिकाले भियतनामलाई ३–० ले हराउँदा जापानले अफ्रिकी प्रतिद्धन्दी जाम्बियामाथि ५–० को फराकिलो जित निकाल्यो ।

यसैगरी युरोपेली च्याम्पियन इंग्ल्याण्डले हाइटीलाई १–० ले हराउँदा डेनमार्कले चिनमाथि १–० को साँघुरो जित निकालेको थियो ।