सर्वोच्चले दियो प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुलाई पक्राउ गर्न आदेश

काठमाडौं। सर्वोच्च अदाललते त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेवि संघका विद्यार्थीहरुलाई पक्राउ गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय शुष्मालता माथेमा र हरि फुयाँलको इजलासले आक्रमणकारीहरुले अदालतलाई सहयोग नगरेको र पीडितलाई क्षतिपूर्ति समेत नदिएको भन्दै सर्वोच्चले उनीहरुलाई पक्राउ गर्न र सम्पत्ति समेत रोक्का राख्न आदेश दिएको हो।

आरोपीहरु मध्ये सुजय श्रेष्ठ र रविन लामाले क्षतिपूर्ति रकम समेत नदिएको भन्दै सर्वोच्चले पीडित चलाउनेलाई तत्काल एक लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति दिलाउन पनि आदेश दिएको छ।

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने सबै काठमाडौं जिल्ला अदालतको आदेशमा तारेख र धरौटीमा छुटेका थिए। सरकारले उनीहरुको मुद्दा नै फिर्ता लिने प्रक्रिया समेत अघि बढाएको थियो।