आज पनि सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य हिजो पनि अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।