रवि लामिछानेको कारण रास्वपा सकिँदै,२०८४ सालको चुनावमा शुन्य हुने संकेत

फाइल तस्वीर

काठमाडौं।मान्छे कतिसम्म स्वार्थी हुन्छन् ? भन्ने जल्दोबल्दो उदाहरण हुन् रवि लािमछाने। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं ३२ दिने गृहमन्त्री उनले आफू ठाउँमा पुग्नका लागि जे पनि गर्छन् भन्ने त हामीले देखि नै सकेका छौं।

नेपाली नागरिकता नभएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद नै खारेज गरिदिएको थियो। त्योसंगै उनको सबै पद गुम्यो। उपप्रधान तथा गृहमन्त्री र पार्टीको सभापति पद गुमाएका उनले नयाँ नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिए।

नागरिकता लिए पनि। त्यसपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गृहमन्त्रीको पार्किङ्ग गर्न थाले। प्रचण्डले अरु मन्त्रालय दिने तर गृह नदिने अडान लिएका थिए। उनले पटकपटक प्रचण्डसंग भेटघाट गरे, गृहमन्त्री चाहिने माग राखिराखे।

यद्यपि, प्रचण्डले यसतर्फ चासो देखाएनन्। अरु मन्त्रालय लिएको भए नि हुन्थ्यो तर लामिछाने मानेनन्। जबरजस्ती आफ्ना पार्टीबाट मन्त्री बनेकालाई फिर्ता बोलाए। इच्छा नहुँदाहुँदै पनि उनीहरु राजीनामा दिएर निस्किए।

त्यहीबाट पार्टीमा विवाद शुरु भयो। कतिपयले सरकार छोड्नुहुँदैन्, सरकारमा बसेर जनता र राष्ट्रको हितमा काम गर्नुपर्छ भनेका थिए। उनीहरुले बल्लतल्ल अवसर पाएका थिए, जुन पार्टी सभापतिले नै खोसिदिए।

सरकार बाहिरै बसेर जनता र राष्ट्रका लागि आवाज उठाउने ठोकुवा गर्ने लामिछाने सरकारमा गए । उनलाई सरकारमा जान सबैभन्दा धेरै हतारो भएको थियो । आफूले गृह नपाएको झोंकमा उनले सबैलाई निकाले । त्यहीबाट लामिछानेको असली रुपमा जनतासमक्ष आयो।

उनको पार्टीको सांसद स्वर्णिम वाग्लेले केही दिन अघि भनेका थिए,‘मुलुकको आर्थिक अवस्था डामाडोल भएको छ। नेपाली सेनालाई पाल्न नसक्ने अवस्था बनेको छ।

सेनाले काम गर्न नसकेको, छिमेकीले मिचेको जग्गा फिर्ता ल्याउन नसकेको कुरा उनले सदनमा उठाए। उनको भनाइले सेना कटौती गर्नुपर्छ भन्ने कुरा स्पष्ट भएको थियो। नेपाली सेना लामो समयदेखि विफल बन्दै आएको छ। दरबार हत्याकाण्ड होस् या माओवादी जनयुद्ध सेना असफल देखियो।

छिमेकी देशले मिचेको हाम्रो जग्गा फिर्ता ल्याउन पनि सेनाले सकेन्। छिमेकीले ब्यारेक खडा गरेर सीमाको सुरक्षा गरिरहेको छ। तर, नेपाली सेनाको ब्यारेक सबै सदरमुकाममा छ।

दिनभर ब्यारेकमा बस्छन्, मासुभात खान्छन्। यताउता हल्लिएर दिन कटाउँछन्। तालिम भनेको छ तर, केसका लागि गर्नुपर्यो तालिम ? न नेपाली सेना अन्य मुलुकको सेनासंग लड्न सक्छ । न सीमामा गएर आफ्नो भूमि फिर्ता ल्याउन सक्छ। वर्षौंदेखि सेनाले जनता र राष्ट्रको आँखामा छारो हालिरहेको छ।

सार्वजनिक कामहरुमा पनि सेना अग्रसर देखिँदैन्। बाटो मर्मत, सरसफाइ, पुल निर्माणलगायत कुनै पनि काम सेनाले गरेको छैन्। राज्यले मासिक अर्बौं रुपैयाँ सेनाको तलबभत्ता, खाना र सेवासुविधाका लागि छुट्याउनुपरेको छ।

अनुत्पादक क्षेत्रमा यत्रो लगानी किन गर्ने ? आजसम्म कसैले सेनाको विरोधमा बोल्ने आँट गरेका थिएनन्। अर्थविद् वाग्लेले यो कुरा उठाए। अहिलेको अवस्था र सेनाको काम हेर्ने हो भने कटौती नै सबै उत्तम उपाय हो।

रक्षा मन्त्रालयले सेनालाई सीमामा पठाउने हो भने सबैले जागिर छोड्छन्। काम गर्न त आँट हुनुपरेन्। वाग्लेले सेनाको बारेमा कुरा उठाएपछि जनतामै बहस शुरु भएको छ। जनताहरु समेत सेनालाई राख्नुहुँदैन् भन्न थालेका छन्।

वाग्लेले उठाएको कुरा लामिछानेले काटेका छन्। उनले आफ्नो पार्टीका माननीयहरुले सेना कटौतीको कुरा नउठाएको दाबी गरेका छन्। वाग्लेले उठाएको कुरालाई जनताले पनि सही भनेपछि उनले त्यो गरेका हुन् । पार्टीका सदस्य आफूभन्दा माथि आउने हुन् कि भन्ने डर उनलाई छ।

गएको उपनिर्वाचनमा पनि लामिछानेले आफ्नो मनोमानी चलाए। प्रहरीमा हुँदाखेरि अंकुत सम्पत्ति जोडेका उनलाई पार्टीमा ल्याउनुहुँदैन् भनेर एकथरीले आफ्नो धारणा राखेका थिए। उनलाई टिकट दिनुहुँदैन् भन्ने मागसमेत उठेको थियो।

टिकट दिएपनि नजित्ने भन्दै पार्टीका सदस्यहरुले मधेशकै लाई उम्मेदवार बनाउन भनेका थिए। लामिछानेले उनलाई पार्टीँमा पनि ल्याए र टिकट पनि दिए । अन्तिममा जनताले पत्याएनन् । उनले निर्वाचनमा नराम्ररी हार व्यहोर्नुपर्यो।

लामिछाने र उनकी श्रीमती निकिता पौडेलले सहकारी खोलेर धेरैलाई ‘घर न घाट’ बनाएको कुराहरु समेत बाहिर आए । यो कुरा निक्लिसकेपछि आम सर्वसाधारणले उनको विरोध गरिरहेका छन्।

यता, उनको कारणले पार्टी बदनाम भएको भन्दै नेता–कार्यकर्ताले प्रश्न उठाउन थालेका छन्। उनको अर्बौंको सम्पत्ति भएको सर्वसाधारण बताउँछन्। चर्चित सञ्चारकर्मी उनले मिडियामा हुँदासमेत धेरै भ्रष्टाचार गरेका छन्। उनले भरतपुर महानगरपालिका वडा नम्बर १२ मा घर किनेका छन् भने काठमाडौंको टोखामा उनको भव्य महल छ।

यति मात्र नभई कैयौं ठाउँमा घरजग्गा छ। यत्रो सम्पत्ति कहाँबाट आयो ? उनले ‘सिधा कुरा जनतासंग’ भनेर व्यापारीसंग चाँहि सिधा कुरा चलाए। जनताको नाम बेचेर उनले अंकुत सम्पत्ति जोडे।

व्यापारी थर्काएर उनले यत्रो सम्पत्ति जोडेको त स्पष्टै छ। आफूले गरेको भ्रष्टाचार बाहिर आउँछ र आफू अप्ठ्यारोमा पर्न सक्छु भनेर उनले के सम्म गरेनन्। आफ्नै साथीलाई आत्महत्या गर्न बाध्य बनाइदिए । पत्रकार शालिकग्राम पुडासैनीले चितवन पुगेर आत्महत्या गरे।

उनले मर्नुअघि भिडियो बनाएरसमेत लामिछानेको पोल खोलेका थिए। लामिछानेको ‘देखाउने र चपाउने’ दाँत छुट्टाछुट्टै छ, नागरिकता पनि दुईटा छ भनेर उनले त्यतिबेलै भनेका थिए। तर, कसैले पत्याएनन्। अहिले आएर त्यो सत्य साबित भयो।

न्यूज २४ मा बस्दाखेरि उनले भ्रष्टाचार गरेर अर्बौं रुपैयाँ कमाएको भनि उनले जानकारी गराएका थिए । त्यो पनि सही नै रहेछ । जेलमा हुनुपर्ने व्यक्ति पहुँच र पैसाको आडमा जेलमुक्त भए। त्यस्तो व्यक्ति सदनमा पुगेको छ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ का जनताले दोहोर्याएर उनलाई जिताए। अमेरिकी नागरिकले गर्दा राज्यको ढुकुटीमा आर्थिक भार थपियो। चितवनका जनताले के के न गर्छ भनेर सदनमा पठाए। अहिले आएर उसको क्षमता त सबैको समक्ष ‘दुधको दुध र पानीको पानी’ भइहाल्यो।

जनताको कुरा उठाउन सक्ने क्षमता छैन्। टेलिभिजनमा बसेर अरुलाई कराएको जस्तो रहनेछ भन्ने कुरा उनले अहिले बुझे होलान्। रास्वपाका सांसदहरुको भूमिका देख्दा पनि लाजमर्दो छ।

देशमा के भइरहेको छ ? भन्ने त यिनलाई थाहा छैन्। २०८४ सालको चुनावमा यिनलाई भोट दिनुहुँदैन् भन्ने बहस शुरु भइसकेको छ। अरुलाई थर्काएर, हप्काएर राजनीतिमा आउनेहरु इतिहास बन्न कति बेर लाग्छ ? महेश बस्नेतको राजनीति सकिहाल्यो।

अब पालो गगन थापा र रवि लामिछानेको। यिनीहरु अर्कोचोटि चुनाव जित्न सक्दैनन्। जति धमिलो पानीमा माछा मार्नुथियो, मारे। अब मार्न पाउँदैनन्। हिजो सबैले लामिछानेलाई राम्रो मान्छे ठाँन्थे।

अहिले उनको कर्तुत खुल्दै छ। लामिछाने को हुन् ? कस्ता व्यक्ति हुन् ? जनताले बल्ल बुझ्दै छन्। सभापति लामिछानेकै कारण पार्टी फुट्ने देखिन्छ। लामिछाने एमाले अध्यक्ष ओलीको झोले बनेर हिँडेका छन्।

आफ्नो सिद्धान्त केही छैन्, ओलीको झोला बोक्यो हिँड्यो। नयाँ पार्टीले पनि केही गर्ने रहेनछ भन्ने त स्पष्ट भइसकेको छ। सबै कमाउनकै लागि आएका हुन् भन्ने छाप जनताको मनमा परिसकेको छ। देशको आर्थिक अवस्था डामाडोल भएको छ।

यस्तो अवस्थामा त रास्वपाका सांसदहरुले तलबभत्ता र सरकारी गाडी छोड्न सकेनन् भने यिनीहरुले अरु के गर्छन्। सदन चलेको छ भन्नु मात्र छ। के–के न गर्छु भन्ने लामिछानेको फाइफुट्टी दुई दिनमै देखियो।

उनीसंग काम गर्ने क्षमता रहेनछ भन्ने कुरा पनि जनताले थाहा पाए। २०८४ सालको चुनावमा शून्य हुने देखेपछि उनले मेयर बालेन्द्र शाह र हर्क साम्पाङ्गलाई फकाउन थालेका छन्।
अनुसा थापा- भक्तपुर