सत्ता गठबन्धन पाँच वर्षसम्म दायाँबायाँ हुँदैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन्। सोमबार साउन १५ का अवसरमा सिंहदरवारस्थित खिर खाने कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष जान्छ।

त्यसमा दायाँबायाँ हुँदैन। अब ढुक्कसँग काम गर्नु: बीचमा थोरै गठबन्धन के होला जस्तो भयो। अब सबै अन्योल हटेको छ।

प्रधानमन्त्रीले हिजोमात्र प्रधानमन्त्री कार्यालयलाई कसरी व्यवस्थित गर्ने भनेर छलफल गरिएको भन्दै खिर खाने कार्यक्रम राखेर राम्रै भएको बताए । ‘यो हाम्रो आफ्नै मौलिक चाड पनि हो। यसले एक आपसमा घुलमिल गर्न सहयोगै गर्छ भन्ने ठानेको छु,प्रधानमन्त्रीको भनाइ छ।

साउन २ देखि १० गतेसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको भन्दै उनले कांग्रेसकै सहमतिमा समाजवादी मोर्चा समेत बनेकाले गठबन्धन ५ वर्ष जानेमा कुनै शंका नगर्न प्रचण्डको आग्रह छ।