महिला विश्वकप फुटबलमा आज समुह ‘डि’ र ‘ई’ का चार खेल हुँदै

काठमाडौं। महिला विश्वकप फुटबलमा मंगलबार समुह ‘डि’ र ‘ई’ का चार खेल हुनेछन्।अष्ट्रेलियामा हुने समुह ‘डि’ का खेलहरुमा इंग्ल्याण्डले चिनसँग खेल्दा डेनमार्कको भिडन्त हाइटीसँग हुनेछ। यो समुहमा दुई खेलबाट इंग्ल्याण्डको ६ अंक छ भने डेनमार्क र चिनको ३–३ अंक छ।

उता न्युजिल्याण्डमा हुने समुह ‘ई’ का खेलहरुमा अमेरिका र पोर्चुगल तथा नेदरल्याण्ड्स र भियतनाम भिड्नेछन्। यो समुहमा अमेरिका र नेदरल्याण्ड्सको ४–४ अंक छ भने पोर्चुगलको ३ अंक छ।

महिला विश्वकप फुटबलका सोमबारको खेलहरुपछि अष्ट्रेलिया र नाइजेरिया नक आउट चरणमा प्रवेश गरेका छन्। अष्ट्रेलियाले क्यानाडालाई ४–० ले हराउँदा नाइजेरियाले आयरल्याण्डसँग १–१ गोलको बराबरी खेल्यो।

अर्को समुहको खेलमा जापानले स्पेनलाई ४–० ले हराउँदा जाम्बियाले कोस्टा रिकामाथि ३–१ को जित निकाल्यो। यो समुहबाट जापान र स्पेन नकआउट चरणमा पुगिसकेका थिए।