प्रधानन्यायाधिश नियुक्ती सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं। संवैधानिक परिषद्को बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्दैछ।मंगलबारको बैठकले नयाँ प्रधानन्यायाधिश नियुक्तीको सिफारिस गने बताईएको छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ। पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्नुभएको थियो।

मंगलबार बस्ने परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने छ। श्रेष्ठ वरीयताक्रममा अगाडि छन्।