सबै नेतालाई एउटै ठाउँमा राखेर टिप्पणी नगर्न ओलीको चेतावनी

फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नेताहरुलाई एउटै ठाउँमा राखेर टिप्पणी गर्न नमिल्ने चेतावनी दिएका छन्। सबै नेता नबिग्रिएको भन्दै उनले यस्तो बताएका हुन्।

नेकपा एमाले साहित्य कला तथा संस्कृति विभागले काठमाडौंमा आयोजना गरेको एक पुस्तक विमोचन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

राजनीति भनेको सबै नीतिहरुको मूल नीति भएको भन्दै भ्रष्ट नीति, छुल्याहा नीति, चुक्ली नीति, ढाँटछल र धोखाधडीवाला नीति नभएको उनले बताए। सबै नीतिहरुको मुहान राजनीति भएकाले मुहानलाई धमिलो पार्न नहुनेमा सबै एक जुट हुनुपर्ने उनको भनाई छ।