जनार्दन शर्माले किन मागे एमालेको सहयोग

फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले एक क्वीन्टल सुन प्रकरणमा सरकारले थालेको अनुसन्धान प्रक्रियालाई एमालेले सघाउनुपर्ने बताएका छन्। बुधबार प्रज्ञा भवन कमलादीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

सुन प्रकरणमा उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरोध गरेपछि प्रतिनिधिसभा बैठक साउन २२ सम्मका लागि स्थागित भएको छ।

त्यस्तै उनले केन्द्रीय समिति बैठकबाट माओवादी आफ्नै खुट्टामा उभिने दाबी गरेका छन्। उनले अहिलेसम्म भएका कमी कमजोरीबारे बैठकमा गम्भीर छलफल हुने भन्दै उनले आवश्यक परे फेरि संघर्षको नेतृत्व लिनेगरी पार्टीले कार्यक्रम ल्याउने जिकिर समेत गरे।