काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा दुइ जनाको मृत्यु,एक जना घाइते

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु भएको छ। गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो।

नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएका छन्।

गणेशकी श्रीमती घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ। छोरा भने सकुशल रहेको मेयर महर्जनले जानकारी दिए।